काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार का लागि नेपालको आन्तरिक बजारमा सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार ९९.९९ शुद्ध सुन (फाइन गोल्ड) को मूल्य प्रतितोला रु १,९३,७०० कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २,१५० तोकिएको छ।
हिजो बिहीबारको तुलनामा सुनको मूल्य स्थिर रहेको छ, कुनै वृद्धि वा कमी नभएको महासंघले जनाएको छ। तर, चाँदीको मूल्यमा भने रु ७५ को वृद्धि भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला रु २,०७५ रहेको थियो। यो वृद्धिसँगै चाँदीको बजारमा पनि केही चहलपहल देखिएको छ।
महासंघक अनुसार विश्व बुलियन बजारमा सुनको मूल्यमा देखिएको स्थिरता र स्थानीय मागका कारण नेपालमा सुनको मूल्य उच्च रहनु स्वाभाविक भएको व्यवसायीहरूले बताएका छन्। सुनको स्थिर मूल्य र चाँदीको मूल्यमा भएको वृद्धिले लगानीकर्ता र खरिदकर्ताहरूको ध्यानाकर्षण गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar