कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौँ। पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावले हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी  र कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। राति पनि यो क्रम जारी रहने महाशाखाले जनाएको छ। 

प्रतिक्रिया