काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
मनसुनी वायु कमजोर हुँदा मधेश प्रदेशलगायत मुलुकका विभिन्न स्थानमा वर्षा कम भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यसैगरी राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar