काठमाडौं । आज असार २१ गते, शनिबार देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशका केही स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। काठमाण्डौं उपत्यकामा बिहान केही स्थानमा वर्षा भएको देखिएको छ भने दिउँसो पुनः वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श:
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।
यस वर्षाले देशका केही नदीको बहावमा वृद्धि गराउने, पहिरो तथा भू-क्षयको जोखिम बढाउने सम्भावना रहेकाले कृषि, यातायात, स्वास्थ्य तथा जनजीवनमा सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar