काठमाडौं । देशभर हाल मनसुनी वायूको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सामान्यतया नेपाल नजिकै रही पश्चिमतर्फ सामान्यभन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान देशका अधिकांश पहाडी र मध्य तथा पश्चिमी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भएको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशमा पनि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा समेत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगहरूमा बादल र हल्का वर्षाको सम्भावना कायमै रहेको छ।
अत्यधिक वर्षाको कारण बाढी, पहिरो तथा भू-क्षयको जोखिम रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। तराईका केही स्थानहरूमा अस्थायी डुबानको सम्भावना समेत रहन सक्ने भएकाले नदी किनारका वस्तीहरूमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar